नेपालमा कोरोनाः आज ५ हजार २९३ जना निको भए, ५९ को मृत्यु

नेपालमा कोरोनाः आज ५ हजार २९३ जना निको भए, ५९ को मृत्यु


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ।

नेपालमा आज ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८७५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख १ हजार ६८७ जना पुगेको छ। 

आज ५९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ।

आज १५ हजार २३८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३१ लाख ८९ हजार १०४ जनाको पीसीआर र ९१ हजार ३६८ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo