काभ्रेमा आज १६४ जना निको भए, ४४ संक्रमित थपिए

काभ्रेमा आज १६४ जना निको भए, ४४ संक्रमित थपिए


काभ्रेमा आज ४४ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या १६४ रहेको छ। आज ८ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा ३ जनाको मृत्यु भएको छ।

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या १० हजार १९९ पुगेको छ। 

यस्तै निको हुनेको संख्या ८ हजार २२३ र मृत्यु हुनेको संख्या २१० पुगेको छ।

Logo