काठमाडौँ उपत्यकामा आज ७६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा आज ७६४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यकामा आज ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौँमा ५४० जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १२५ जना कोरोना संक्रमित भेटिएका छन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ।

नेपालमा आज ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८७५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख १ हजार ६८७ जना पुगेको छ। 

आज ५९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ।

आज १५ हजार २३८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३१ लाख ८९ हजार १०४ जनाको पीसीआर र ९१ हजार ३६८ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo