अमेरिकामा सङ्कलन गरेर नेपालमा राहत बाँड्दै सापकोटा

अमेरिकामा सङ्कलन गरेर नेपालमा राहत बाँड्दै सापकोटा


चितवनको पहाडी भूभागमा बस्ने चेपाङ् समुदाय निषेधाज्ञाका कारण निकै प्रभावित भएको सुनेपछि राहत बोकेर यहाँ आइपुगेका इश्वर सापकोटा स्थायी रुपमा अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । दुई महिना अघि नेपाल आए लगत्तै निषेधाज्ञा पछि उनको दिनचर्या समाज सेवामानै बित्ने गरेको छ ।

उनले भने, “निषेधाज्ञाले खाननै धौधौ भएको सुनेपछि मलाई त्यसै बस्न मन लागेन”, क्यालिफोर्नियामा रहेको सन्नी सगरमाथा समाजका संस्थापक अध्यक्ष सापकोटाले त्यहाँका हालका समितिका साथीहरुलाई अनुरोध गरेर सहयोगको आव्हान गरे । त्यहाँ सङ्कलन भएको सहयोगले यहाँ समाज सेवामा उनी जुटिरहेका छन् । काभ्रे पनौतीमा घर भएका सापकोटाले काभ्रेमै दृष्टिबिहिनहरुका लागि १ लाख खर्च गरेर इनार व्यवस्थापन गरिएका छन् । त्यसै गरी ठमेलका रिक्सा चालक, बाफल, चावहिल, जोरपाटी लगायतका क्षेत्रमा तीनसय परिवारलाई राहात बितरण गरेको उनको भनाइ छ ।

राप्ती नगरपालिका वडा नम्बर १३ मा एक सय पचास चेपाङ् परिवारलाई उनकै नेतृत्वमा आज राहत बाँडिदै छ । उनको भनाइमा हालसम्म १२ लाख हाराहारीको राहत बितरण भइसकेको छ ।

Logo