आज ५ हजार १४७ जना निको भए, २ हजार ९१८ संक्रमित थपिए

आज ५ हजार १४७ जना निको भए, २ हजार ९१८ संक्रमित थपिए


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ।

नेपालमा आज २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८६९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख १० हजार ५२१ जना पुगेको छ। 

आज ५३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ।

आज १४ हजार ८१९ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३२ लाख २४ हजार १६३ जनाको पीसीआर र १ लाख १३ हजार २१० जनाको एन्टीजेन परीक्षण गरिएको छ। 

Logo