लागूऔषधसहित १२ जना पक्राउ

लागूऔषधसहित १२ जना पक्राउ


मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० राममन्दिर मोड नजिकबाट अवैध लागूऔषध र नगद सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका-१० राममन्दिर मोड डेरा गरी बस्ने ३१ वर्षीय हेमजंग बानियाँ र सोही उपमहानगरपालिका-१ बस्ने ३४ वर्षीय सुरेश परियार रहेका छन् ।

बाँके, राप्ती सोनारी गाउँपालिका-६ मोहनपुरबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३२ वर्षीय गुप्त बहादुर बिक समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुईबाट १३ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने ३० वर्षीय हरिकृष्ण रानालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

झापा, कमल गाउँपालिका-३ बस्ने २२ वर्षीय बले भन्ने प्रज्वल बाँनियालाई करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाम, माई नगरपालिका-४ शंकर गाउँबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित सोही नगरपालिका-८ बस्ने २८ वर्षीय महेश थापा लगायत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश १-०१३ प. ७२२२ र ना.३२ प ६९१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
 

Logo