टिपरको ठक्करबाट काँग्रेस धनकुटाका सचिवसहित २ जनाकाे मृत्यु

टिपरको ठक्करबाट काँग्रेस धनकुटाका सचिवसहित २ जनाकाे मृत्यु


गएराति टिपरकाे ठक्करबाट नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिका सचिव र एनएमबी बैंकका कर्मचारीकाे मृत्यु भएकाे छ । साथै अर्का एक जना गम्भीर बनेका छन्  ।

मोरङको सुन्दरहरैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हाे । आइतबारराति पौने ८ बजे दुर्घटना हुँदा ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका-४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको हो ।

थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव हुन् । अर्का मृतक शाह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी हुन् । 

दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनकाे विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेकाे छ । 

Logo