काठमाडौं उपत्यकामा आज ४७६ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४७६ जना संक्रमित थपिए


काठमाडौं उपत्यकामा आज ४७६ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ३१०, भक्तपुरमा ६७ र ललितपुरमा ९९ जना संक्रमित थपिएका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ।

नेपालमा आज ४ हजार ५२२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८१९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख २६ हजार ३४३ जना पुगेको छ। 

आज ४१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको छ।

आज १६ हजार ९१३ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३२ लाख ८८ हजार ५३ जनाको पीसीआर र १ लाख ५१हजार ५९२ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo