नेपालमा आज ३ हजार ५५८ जना निको भए, २ हजार ४२१ संक्रमित थपिए

नेपालमा आज ३ हजार ५५८ जना निको भए, २ हजार ४२१ संक्रमित थपिए


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ६८ हजार ४४० पुगेको छ।

नेपालमा आज २ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९१० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख २८ हजार ७६४ जना पुगेको छ। 

आज ८१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८९४ पुगेको छ।

आज १२ हजार ४१४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३२ लाख ९५ हजार ५१४ जनाको पीसीआर र १ लाख ५६ हजार ५४५ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा ४९७ जना संक्रमित भेटिएका छन्। जसमा काठमाडौंमा ३४६, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जना रहेका छन्।

Logo