युवा संघद्वारा मनाङका बाढीपीडितलाई १५ लाख बराबरको जिन्सी र ३ लाख नगद सहयोग

युवा संघद्वारा मनाङका बाढीपीडितलाई १५ लाख बराबरको जिन्सी र ३ लाख नगद सहयोग


राष्ट्रिय युवा संघ नेपालले मनाङ पुगेर त्यहाँका बाढी पीडितहरुलाई सहयोग गरेको छ। गएको असार एक गते र पछि पनि पटक–पटक आएको बाढीले थलिएको मनाङका पीडितलाई नगद तीन लाखसहित एक सय पन्ध्र बोरा चामल लगायतका सामग्री त्यहाँका पीडितलाई सहयोग गरेको हो।

मनसुन सुरु भएसँगै आएको बाढीले मनाङ, सिन्धुपाल्चोकसहित मुलुकका अन्य जिल्लाहरुमा पनि ठूलो क्षति भएको छ। मनाङमा भने ७० परिवार घरबारविहिन भएका थिए। 

उक्त स्थल भौगोलिकरुपमा विकट र कठिन भएका कारण अहिलेसम्म पर्याप्त राहत सामग्री पुर्याउन कठिन भएको बेला संघले उक्त परिमाणको राहत सामग्री मनाङ लगेको हो।

तर, संघले मनाङका ७० घरवार विहीन परिवारलाई झण्डै १५ लाख बराबरको जिन्सी सामग्रीसहित नगद ३ लाख संघका मनाङ नासो गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष गुरुङलाई क्षति भएको स्थलमै पुगेर हस्तान्तरण गरेको छ। संघका अध्यक्ष किरण पौडेलसहितको टोली गएको असार नौ गते मनाङतर्फ हिंडेको थियो।

नेकपा एमाले केन्द्रीय सदस्य एवं युवा ईन्चार्ज महेश बस्नेतले संघका अध्यक्ष किरण पौडेललाई जिन्सी र नगद हस्तान्तरण गरि विदाई गरेका संघका सचिवालय सदस्य बेनी कार्कीले बताए।

उक्त टोलीमा उपाध्यक्ष तथा संगठन विभाग प्रमुख क्षितिज थेवे, उपाध्यक्ष अमित लामा, महासचिव रमेश आचार्य, उप–महासचिव रामजी सापकोटा, सचिव गोविन्द बस्नेत, स्थायी कमिटी सदस्यहरु सम्राट गौचन, अमित पौडेल, वकिल बम, पेम्बा घले, सन्तोष सिलवाल र बाबु छत्कुली र सचिवालय सदस्यहरु कृष्णदत्त जैसी, सुदीप श्रेष्ठ, अभिषेक तिवारी, राजु पहारी, ऋषि बस्नेत र मदन गुरुङ सहभागी थिए। टोलीले उक्त राहत सामग्री हस्तान्तरण गरेर काठमाडौं फर्किसकेको छ।

संघले हस्तान्तरण गरेको राहात सामग्रीको विवरणहरु
–नगद ३ (तीन) लाख
–चामल ३ हजार ४५० के.जी.(११५ बोरा)
–दाल ३७५ के.जी.(१५ बोरा)
–आलु ७५० के.जी.(१५ बोरा)
–प्याज २५० के.जी.(५ बोरा)
–तेल ६०० लिटर( १० बाकस)
–नुन १०० प्याकेट (२ बोरा)
–त्रिपाल ३६ थान
–व्ल्याङकेट १६० थान
–लत्ताकपडा ३०० थान
–वाइवाइ ५० कार्टुन 
–बिस्कुट १२ कार्टुन 

Logo