काठमाडौं उपत्यकामा आज २४९ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज २४९ जना संक्रमित थपिए


काठमाडौं उपत्यकामा आज २४९ जना संक्रमित थपिएका छन् ।  जसमध्ये काठमाडौंमा १८१, ललितपुरमा ४३ र भक्तपुरमा २५ जनामा संक्रमण देखिएको हो।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९१४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ।

नेपालमा आज २ हजार १६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८४२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख ३२ हजार ३२६ जना पुगेको छ। 

आज ३० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ।

आज ९ हजार ८१० जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३३ लाख १७ हजार ३९ जनाको पीसीआर र १ लाख ७१ हजार ११३ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo