गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु


गाडीको ठक्करबाट भरतपुरमा एक जना पैदल यात्रीको मृत्यु भएको छ।

विराटनगरबाट काठमाडौंतर्फ गइरहेको ना ६ ख ४९२३ नम्बरको गाडीले भरतपुर-१० स्थित रोडमा पैदल यात्रीलाई बुधबार बिहान ठक्कर दिँदा भरतपुर-१२ कस्तुरी टोल बस्ने ७६ वर्षीय बसन्तबहादुर लिम्बुको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका लिम्बुलाई भरतपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएकाे छ । 

Skip This
Logo