सप्तकोसीमा पानीको बहाव बढेसँगै २८ वटा ढोका खोलियो

सप्तकोसीमा पानीको बहाव बढेसँगै २८ वटा ढोका खोलियो


सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । शनिबार बिहान गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेण्ड एकलाख ८० हजार क्युसेक पुगेको छ ।

सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड एकलाख ५० हजारक्युसेक पुगेपछि खतरा मानिन्छ । पानीको बहाव उच्च भएसँगै सप्तकोसी ब्यारेजमा खतराको संकेत रातो बत्ति बालिएको छ ।

पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये २८ वटा मात्र ढोका खोलिएका छन् ।

नदीमा पानीको बहाव उच्च भएपछि नदी आसपासका सुनसरी, उदयपुर र सप्तरीका सर्वसाधारण त्रसित बनेका छन् । 

कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण पानीको निकास थुनिएर कोसी आसपासका क्षेत्रका बस्ति डुवान हुने त्रास बढेको हो । 

Logo