बि एण्ड सी मेडिकल कलेजका बारेमा यथाशिघ्र निर्णय गर्न दुर्गा प्रसाईंको आग्रह

बि एण्ड सी मेडिकल कलेजका बारेमा यथाशिघ्र निर्णय गर्न दुर्गा प्रसाईंको आग्रह


बि एण्ड सी मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल एवम् रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजबारे अबिलम्ब निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । 

कार्यकारी निर्देशकले संघीय राजधानी काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी कलेजलाई सम्बन्धन दिन वा सरकार आफैंले सञ्चालन गर्न वा सधैंका लागि बन्द गर्ने विषयमा अविलम्बन स्पष्ट र ठोस निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । 

उनले हस्पिटलको सम्बन्धन र चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको सन्दर्भमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले कलेजमाथि गरेको जघन्य अपराध तथा शंकास्पद कानून प्रतिकूलको भूमिकाको विषयमा सञ्चारमाध्यममा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए। उनले गिरी आयोगको उपाध्यक्ष हुन समेत कानून अनुसार अयोग्य रहेको दाबी कार्यकारी निर्देशक प्रसाईंले गरेका छन्।

कार्यकारी निर्देशक प्रसाईंले आयोगका उपाध्यक्ष गिरिले आफूसँग २० करोड घुस मागेको दाबी पनि गरे।

Logo