प्रदेश १, २ र गण्डकीमा भारी वर्षाकाे सम्भावना

प्रदेश १, २ र गण्डकीमा भारी वर्षाकाे सम्भावना


देशभर मनसुनी वायुको प्रभाव रहेकोले मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै आगामी २४ घण्टाभित्र प्रदेश १, २ र गण्डकीमा भारी वर्षा हुने जनाएको छ । त्यस्तै पहाडी भूभागमा भूक्षय, पहिरोको जोखिम रहेको र नदीनालाको सतह बढ्ने र खहरेहरूमा बाढी आउन सक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ । उसले दैनिक जनजीवन र यातायातसमेत प्रभावित हुनसक्ने जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, २,  बाग्मती र गण्डकीका केही भागमा सामान्यदेखि पूर्ण बदली भइरहेको र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको जनाएको छ । 

Logo