सर्वोच्चद्वारा मन्त्री श्रेष्ठसँग लिखित जवाफ माग

सर्वोच्चद्वारा मन्त्री श्रेष्ठसँग लिखित जवाफ माग


सञ्चारकर्मी रूपा सुनारले दर्ता गराएको छुवाछुतसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ मागेकाे छ । 

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मन्त्री श्रेष्ठलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत र घरधनी सरस्वती प्रधानलाई आफैँ या प्रतिनिधिमार्फत जवाफ दिन भएको छ ।

जातकै आधारमा कोठा भाडामा नदिएको भन्दै सञ्चारकर्मी रूपा सुनारले घरधनी सरस्वती प्रधान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध यही असार २० गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गराइकी थिइन् । 

अदालतले संविधानले नै छुवाछुतलाई क्रुर र अमानवीय कार्य संविधानमै उल्लेख भएकाले यो दण्डनीय कार्य भएको बताउदै इजलासले व्यक्तिको मौलिक हकलाई सबैले सम्मान गर्नुपर्ने उल्लेख गरेको छ । 

Logo