एआईजी थापालाई दर्ज्यानी चिन्ह प्रदान

एआईजी थापालाई दर्ज्यानी चिन्ह प्रदान


प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका सहकुलबहादुर थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहबीच थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई बधाई दिएका छन्। पदोन्नतिसँगै बढेको दायित्व र जिम्मेवारीलाई प्रतिवद्वता अनुरूप नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिए।

संगठनको थप सुदृढिकरण र विकासका लागि व्यवसायिकता र पेशागत धर्ममा रही हरेक कार्यलाई सहजरूपमा लिँदै स्वमूल्याङ्कन गरी पूर्ण निष्ठाका साथ अगाडि बढ्नुपर्ने उनले बताए।

समारोहमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सरकार र प्रहरी संगठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ संगठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति रहेको थियो।

Logo