अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्कियो

अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्कियो


अविरल वर्षाका कारण देशकै पुरानो  चन्द्रनहर भत्किएको छ। अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पुर्याएको छ।  

नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको  जानकारी दिए। उनका अनुसार नहर भत्किएपछि सप्तकोसी– १, २, ४ र ११ वडाका करिव ३००  घरसमेत  डुबानमा परेको छ। ती घरमा तीन फिटसम्म पानी जमेको बताइएको छ।

यस्तै जिता नदीको बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मन्सापुर र वडा नं ५ बरसाइनका केही घर डुवानमा परेका छन्। तिलाठी कोइलाडी–७ को मन्सापुर र वडा नं–५ को बरसाइनका करीब २०० भन्दा बढी घर डुबेको  गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिए।

चन्द्रनहरमा क्षमताभन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका–४ मनियार प्रसाही क्षेत्र पनि जोखिममा परेको जनाइएको छ।रासस 

Logo