काठमाडौं उपत्यकामा आज ६९७ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ६९७ संक्रमित थपिए


काठमाडौं उपत्यकामा आज ६९७ कोरोना संक्रमित फेला परेका छन्। जस मध्ये काठमाडौंमा ४९० जना रहेका छन्। यसैगरी भक्तपुरमा ७९ र ललितपुरमा १२८ जना संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३६ हजार ४०२ पुगेको छ।

नेपालमा आज २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९२० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ७२ हजार ८७१ जना र एन्टीजेन परीक्षणबाट ५१ हजार ५८४ जना पुगेको छ। 

आज ३० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ।

आज १२ हजार ६१६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३४ लाख ९५ हजार ६९ जनाको पिसिआर र २ लाख ७४ हजार ८६२ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo