नेपालमा आज १ हजार २८८ जना निको भए, २ हजार ७१४ संक्रमित थपिए

नेपालमा आज १ हजार २८८ जना निको भए, २ हजार ७१४ संक्रमित थपिए


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २८८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ।

नेपालमा आज २ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८५९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ७४ हजार ७२६ जना र एन्टीजेन परीक्षणबाट ५२ हजार ४४३ जना पुगेको छ। 

आज २४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ।

आज १२ हजार ८२९ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३५ लाख ४ हजार १९१ जनाको पिसिआर र २ लाख ७८ हजार ५६९ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo