चितवनमा कोरोनाका कारण मृत्यु हुनेकाे सङ्ख्या तीन सय नाघ्याे

चितवनमा कोरोनाका कारण मृत्यु हुनेकाे सङ्ख्या तीन सय नाघ्याे


जिल्लामा कोरोना सङ्क्रमणका कारण ३१८ को मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्म कोरोनाका कारण सो सङ्ख्यामा मृत्यु भएको हो।
     
कार्यालयले मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका धेरै रहेका जनाएको छ। महानगरपालिकाभित्र २०२ व्यक्तिको मृत्यु भएको कार्यालयको तथ्याङ्कले देखाएको छ। तथ्याङ्कअनुसार खैरहनी नगरपालिकाका २१, माडी नगरपालिकाका ११, रत्ननगर नगरपालिकाका ३२, राप्ती नगरपालिकाका २९ र कालिका नगरपालिकाका २० व्यक्ति छन्। जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा कोरोना सङ्क्रमणले तीन व्यक्तिको मृत्यु भएको छ।
 
यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा र होमआइसोलेसनमा रहेको समयमा उनीहरुको मृत्यु भएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। ढकालका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार नजिक पुगेको छ। हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ८७७ पुगेको उनले जानकारी दिइन्। त्यसमध्ये १६ हजार ८४५ ले सङ्क्रमणमुक्त भइसकेका छन्।
 
अहिले एक हजार ७१४ जना सक्रिय सङ्क्रमित रहेको उनले बताइन्। त्यसमध्ये सार्वजनिक आइसोलेसनमा १०, अस्पतालमा ११२ र होमआइसोलेसनमा एक हजार ५९२ व्यक्ति रहेका छन्।

Logo