नेपालमा आज १ हजार ६७८ जना निको भए, २ हजार ९७७ संक्रमित थपिए

नेपालमा आज १ हजार ६७८ जना निको भए, २ हजार ९७७ संक्रमित थपिए


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ।

नेपालमा आज २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९९५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ७६ हजार ७०८ जना र एन्टीजेन परीक्षणबाट ५३ हजार ४३८ जना पुगेको छ। 

आज १८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ।

आज १७ हजार ३०८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३५ लाख १७ हजार ८८९ जनाको पिसिआर र २ लाख ८२ हजार १७९ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo