नेपालमा आज १ हजार ९२५ जना निको भए, ३ हजार १२५ संक्रमित थपिए

नेपालमा आज १ हजार ९२५ जना निको भए, ३ हजार १२५ संक्रमित थपिए


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ।

नेपालमा आज ३ हजार १२५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८४६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ९९ हजार ६४९ जना र एन्टीजेन परीक्षणबाट ६२ हजार ७८३ जना पुगेको छ। 

आज २३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ।

आज १३ हजार ८११ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३६ लाख २२ हजार ४८० जनाको पिसिआर र ३ लाख २५ हजार ७९९ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo