काठमाडौं उपत्यकामा आज ९०४ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ९०४ जना कोरोना संक्रमित थपिए


काठमाडौं उपत्यकामा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये काठमाडौंका ६१३ जना रहेका छन्। यसैगरी भक्तपुरमा ११४ र ललितपुरमा १७७ जना संक्रमित थपिएका छन् । 

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ पुगेको छ।

नेपालमा आज ३ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९३५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख २ हजार ९७ जना र एन्टीजेन परीक्षणबाट ६३ हजार ७१८ जना पुगेको छ। 

आज २४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ।

आज १६ हजार ७१८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३६ लाख ३३ हजार ११८ जनाको पिसिआर र ३ लाख ३१ हजार ८७९ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo