डा.जागेश्वर गौतमको सरुवा, कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालमा डा.भूपेन्द्र बस्नेत

डा.जागेश्वर गौतमको सरुवा, कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालमा डा.भूपेन्द्र बस्नेत


कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. जागेश्वर गौतमको सरुवा भएको छ। उनलाई प्रसूति तथा स्त्रीरोग अस्पताल सरुवा गरिएको हो।

युनिफाइड केन्द्रीय अस्पतालमा भने डा. भूपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सरुवालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका थिए। तर दिउँसो प्रधानमन्त्री देउवाले निर्णय सदर गरेका हुन्।

राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल सरुवा गरेर युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृतमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए। तर डा.मरासिनीको स्थानमा डा. भूपेन्द्रलाई जिम्मेवारी तोकिएको छ। 

Logo