नक्कली पेस्तोल देखाई धम्की दिने २ जना पक्राउ

नक्कली पेस्तोल देखाई धम्की दिने २ जना पक्राउ


कागेश्‍वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कागेश्‍वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अल बहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

उक्त संस्थामा बा.६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरुले आइतबार दिउँसो पेस्तोल देखाई धाकधम्की दिई डरत्रासमा पारी भागी फरार भएको थियो । उनीहरूलाई महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले नक्कली खेलौना पेस्तोल १ थान र उक्त स्कुटरसहित पक्राउ गरेको हो ।

Logo