सबै तहका परीक्षार्थीलाई छिट्टै खोपको व्यवस्था गरिन्छः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

सबै तहका परीक्षार्थीलाई छिट्टै खोपको व्यवस्था गरिन्छः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ


स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै परीक्षार्थीलाई खोपको व्यवस्था गर्ने गृहकार्य भइरहेको बताएका छन्। सामाजिक संजाल ट्वीटरमार्फत् राज्यमन्त्री श्रेष्ठले सबैथरी परीक्षार्थीलाई खोप लगाउन गृहकार्य भइरहेको जानकारी दिएका हुन्।

'सबैथरी परीक्षार्थीलाई खोप लगाउन गृहकार्य गरिरहेका छौं। किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेका छौं। दक्षिण एसियामै गाभिबाट लागत सहभागितामा खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हो।'- राज्यमन्त्री श्रेष्ठले भनेका छन्।
 
सरकारले विश्वविद्यालयका विभिन्न सङ्काय र तहमा परीक्षा दिने विद्यार्थीलाई केहीदेखि खोप लगाउन सुरू गरेकाे छ।

राज्यमन्त्री श्रेष्ठले किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेको पनि जानकारी दिएका छन्। 

सरकारले विश्व बैंकको वित्तीय सहयोगमा मोडर्ना खोपको ४० लाख मात्रा खरिदका लागि सम्झाैता गरिसकेकाे छ। साे खोप आउँदो फागुनसम्ममा आइपुग्ने सरकारले जनाएकाे छ।

Logo