काठमाडौं उपत्यकामा आज ९६१ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ९६१ जना कोरोना संक्रमित थपिए


काठमाडौं उपत्यकामा आज ९६१ जना कोभिड संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन्। 

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४५८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ।

नेपालमा आज ३ हजार ४५१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८८५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ३४ हजार ८३८ जना र एन्टीजेन परीक्षणबाट ७६ हजार १५ जना पुगेको छ। 

आज ३५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ।

आज १५ हजार ६११ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३७ लाख ६७ हजार ६६५ जनाको पिसिआर र ४ लाख १ हजार ३७१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo