काठमाडौं उपत्यकामा आज ८६७ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ८६७ कोरोना संक्रमित थपिए


काठमाडौं उपत्यकामा आज ८६७ कोरोना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ६३९, भक्तपुरमा १०१ र ललितपुरमा १२७ जना संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १२६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९१ हजार २९९ पुगेको छ।

नेपालमा आज ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ७५४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ५०० रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ४२ हजार २२८ जना र एन्टीजेन परीक्षणबाट ७८ हजार ३७७ जना पुगेको छ। 

आज ३३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ।

आज १६ हजार ४३८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख ३ हजार १५ जनाको पिसिआर र ४ लाख १६ हजार ९८६ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo