४ जेठ २०७९ बुधबार
1
1
1
1

माघमा कोभिशिल्डकाे पहिलाे डाेज लगाएकाले बल्ल पाउने भए दोस्रो डोज

1
1
1
1
1
1

गत माघमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरूले बल्ल खोपको दोस्रो डोज पाउने भएका छन्। ताप्लेजुङमा कोभिशिल्डको पहिलो डोज लगाएका १२ हजार ३२ जनालाई १६ भदौबाट दोस्रो डोज दिइने भएको हो।

जिल्ला खोप अनुगमन तथा ब्यवस्थापन समितिको बैठकले फुङलिङ नगरपालिका तथा पाथीभरा याङवरक, आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकामा भदौ १६, १७ र १८ गते दोस्रो डोज लगाउने निर्णय गरेको छ। 

यसैगरी, फक्ताङलुङ, सिदिङवा, सिरिजंगा, मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा १८, १९ र २० गते खोप लगाइने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए। 

कोभिशिल्डको अभियान सकिएपछि भेरासेल लगाइने छ। भेरोसेलको पहिलो डोज लगाएकाहरूले पनि भदौमै खोप पाउने भएका हुन्।

फुङलिङ नगरपालिका तथा पाथीभरा याङवरक, आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकामा भदौ १९ र २० मा भेरोसेलको दोस्रो डोज लगाइने भएको हो। फक्ताङलुङ, सिदिङवा, सिरिजंगा, मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा भदौ २१ र २२ खोप लगाइने छ।न्युज कारखानाबाट

समाज

प्रकाशित: १४ भदौ २०७८ ११:११ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी