काठमाडौं उपत्यकामा आज ७९३ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ७९३ जना संक्रमित थपिए


काठमाडौं उपत्यकामा आज ७९३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ५४१, ललितपुरमा १५२ र भक्तपुरमा १०० जना संक्रमित भेटिएका छन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८४६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ।

नेपालमा आज २ हजार ४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३८५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ६५ हजार ९१४ जना र एन्टीजेन परीक्षणबाट ८४ हजार २९४ जना पुगेको छ। 

आज १६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ।

आज १४ हजार ६५० जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३९ लाख ३६ हजार ४१६ जनाको पिसिआर र ४ लाख ७७ हजार २६० जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo