काठमाडौं उपत्यकामा आज ३५४ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ३५४ संक्रमित थपिए


काठमाडौं उपत्यकामा आज ३५४ संक्रमित थपिएका छन्। काठमाडौंमा २५७ जना, ललितपुरमा ५६ र भक्तपुरमा ४१  संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६६० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ।

नेपालमा आज १ हजार १४६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १८५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ७५ हजार ५४८ जना र एन्टीजेन परीक्षणबाट ८६ हजार ४०४ जना पुगेको छ। 

आज २१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ।

आज १० हजार ९१६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४० लाख ८ हजार ४६ जनाको पिसिआर र ५ लाख ५ हजार १३८ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo