बौलाहा कुकुरको टोकाइबाट दाङमा २६ जना घाइते

बौलाहा कुकुरको टोकाइबाट दाङमा २६ जना घाइते


बौलाहा कुकुरको टोकाइबाट दाङमा २६ जना घाइते भएका छन् । दाङको तुलसीपुर क्षेत्रमा बौलाहा कुकुरको टोकाइबाट २६ जना घाइते भएका हुन् । 

कुकुरको टोकाइबाट घाइते हुने अधिकांश तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का बासिन्दा रहेका छन् । बौलाहा कुकुरले टोक्नथालेपछि स्थानीय त्रसित बनेका छन् ।

कुकुरले टोकेका व्यक्तिहरूको जिल्लामा उपचार सम्भव नभएपछि बाँके र काठमाडौं पठाउन थालिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेण्ट डा. बिनोद सिंहले शुक्रबार दिउँसोसम्म २६ जना बौलाहा कुकुरले टोकेको भन्दै अस्पताल पुगेको बताए ।

‘बौलाहा कुकुरको टोकाइबाट घाइते हुने बिरामीको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘हामीसँग उपचारका लागि खोप छैन । त्यसैले बिरामीलाई बाहिर पठाउन बाध्य छौं ।' उनले बुधबारदेखि बौलाहा कुकुरले टोकेका बिरामी आउन थालेको बताएका छन् । 

अस्पतालमा इमोग्लोबिन नामक भ्याक्सीन अभावले बिरामीलाई बाहिर रेफर गर्नु परेको मेसु सिंहले बताए । तुलसीपुरका स्थानीय किरण केसी पनि कुकुरको डरले स्थानीय दैनिक उपभोग्य वस्तु किनमेल गर्नसमेत जान डराउने गरेको गुनासो गरेका छन् ।

Logo