संखुवासभा हत्या प्रकरण: ६ जनाको हत्यामा संलग्न अभियुक्त कार्की सार्वजनिक

संखुवासभा हत्या प्रकरण: ६ जनाको हत्यामा संलग्न अभियुक्त कार्की सार्वजनिक


प्रहरीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ। 

संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गरेको हो।

व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले सोमबार बिहान झिसमिसेमा १३ दिने दाजुभाइ खलकका ६ जनाको हत्या गरेका थिए।

हत्या भएकामा ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्की छन्।न्युज कारखाना

Logo