‘तेजकुमारको हत्यापछि महिलाहरू डराए अनि हत्या सहज भयो’ : प्रहरी निष्कर्ष

‘तेजकुमारको हत्यापछि महिलाहरू डराए अनि हत्या सहज भयो’ : प्रहरी निष्कर्ष


एकै परिवारका ६ जनाको हत्या भएको संखुवासभाको मादी घटनामा लोकबहादुर कार्कीको संलग्नता रहेको शनिबार खुलेपछि मानिसहरूको प्रश्न छ, ‘एक जनाबाट ६ जनाको हत्या कसरी हुन्छ?’

प्रश्न स्वाभाविक हो। एक जनाले बढी मानिसको हत्या गर्न असम्भव ठानिन्छ। 

तर, मादी हत्याकाण्डमा लोकबहादुर एक्लैले ६ जनाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।

दाबीसहित प्रदेश १ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुणकुमार बिसीले भने, ‘बलिया भनेका तेजकुमारको हत्या भएपछि उनकी श्रीमती र बुहारी डराए, बच्चाहरू त झन डराउने नै भए, आमालाई थाहा भएन र घटना सहजै भएको देखिन्छ।’

घटनाको २१ भदौको बिहान भएको हो।

९० वर्षीय बौद्धमान कार्कीका ८४ वर्षीया श्रीमती पार्वता कार्की, ५५ तेजकुमार कार्की, ५४ वर्षीया मनमाया भन्ने कमला कार्की, नातिनी बुहारी २५ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षीया विपनी कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको हो।

शव परीक्षण प्रतिवेदनको आधारमा प्रहरीले कसको हत्या पहिले भन्ने पनि सार्वजनिक गरेको छ।

कसको हत्या कहिले?

पहिलो हत्या – तेजकुमार कार्की

दोस्रो हत्या – मनमाया भन्ने कमला कार्की

तेस्रो हत्या – रञ्जना कार्की

चौंथो हत्या – विपनी कार्की

पाचौं हत्या – गोमा कार्की

छैठौं हत्या – पार्वता कार्की

हत्या समय

हत्या घटना २१ भदौको बिहान ६ देखि ६ : ३० बजेसम्ममा भएको देखिएको छ।

मृतकहरूको शव परीक्षण प्रतिवेदनअनुसार हत्या भएको समय निकालेको डीआईजी बिसीले बताए।

घटनाको करिब तीन घण्टापछि मात्रै प्रहरीलाई स्थानीयले घटनाबारे खबर गरेको पाइएको छ।
 

Skip This
Logo