सवा २ करोडकाे सुनसहित विमानस्थलबाट २ पक्राउ

सवा २ करोडकाे सुनसहित विमानस्थलबाट २ पक्राउ


त्रिभुवन विमानस्थलमा दुई करोड बढीको सुनको गहना प्रहरीले बरामद गरेको छ । श्री एयरलाइन्सको विमानमार्फत काठमाण्डौंबाट बिराटनगर जान लागेका यात्रुहरूको ब्यागेज चेकगर्ने क्रममा ठूलो मात्रामा सुन बरामद गरिएको हो ।

कैलाली बदगोरिया-१ स्थायी घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर-२ का ४७ वर्षका मुरारी राज अधिकारीको ब्यागेजमा गहनाहरू फेला परेको प्रहरीले जनाएको छ ।

राज भण्डारीको साथबाट मूल्य ५१५ ग्राम  तौलको सुनकाे गरगहनाहरुको र मुरारी राज अधिकारीको साथबाट ५९७ ग्राम १५५२ ग्रामकाे सुन र पत्थर जडित १४ क्यारेटको गरगहना  ६९६ ग्राम बराबरकाे सुनका गरगहनाहरू बरामद गरिएकाे प्रहरीले जनाएकाे छ । 

सबै गहनाको कूल तौल ३३६० ग्राम र मूल्य दुई करोड चौबीस लाख बयानब्बे हजार तीन सय सन्तानब्बे रुपैयाँ पर्ने प्रहरीले जनाएकाे छ ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएकाे छ । 

Logo