आज लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

आज लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


आज बिहीबार मुलुकका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ । बिहीबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
 
शुक्रबार लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। शनिबार पनि मुलुकका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । 

Logo