असोज ४ गतेदेखि उपत्यकाका ११ नगरपालिकामा भेरोसेल खोपकाे दोस्रो डोज लगाइने

असोज ४ गतेदेखि उपत्यकाका ११ नगरपालिकामा भेरोसेल खोपकाे दोस्रो डोज लगाइने


असोज ४ गतेदेखि काठमाडौं उपत्यकामा कोरोनाविरुद्ध भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ।

शुक्रबार भेरोसेलको ४४ लाख डोज खोप काठमाडौं ल्याइएकाे छ। साे खाेप हिमाली जिल्लाका साथै काठमाडाैंमा दोस्रो डोज लगाउन थालिएकाे हाे।

खोप कार्यक्रमका लागि जनस्वास्थ्य कार्यालयले काठमाडौं महानगरमा ३२ वटा खोपकेन्द्र तोकेको छ। यसैगरी गोकर्णेश्वर नगरपालिकामा ९ वटा, कीर्तिपुर नगरपालिकामा १० वटा, चन्द्रागिरि नगरपालिकामा १५, बूढानीलकण्ठ नगरपालिकामा १३, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९, टोखा नगरपालिकामा ११, शंकरापुर नगरपालिकामा ९ र कागेश्वरी मनोहरामा ९ वटा खोपकेन्द्र तोकिएका छन्।

काठमाडाैं उपत्यकाका ११ वटा नगरपालिकामा तीन दिने खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालयले काठमाडौंले जनाएकाे छ।

Logo