नेपाल स्काउटको ‘सम्पदा साइकल यात्रा’: विश्व शान्तिको कामना

नेपाल स्काउटको ‘सम्पदा साइकल यात्रा’: विश्व शान्तिको कामना


विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साइकल यात्रा’ निकालेको छ ।

अन्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्यकाभित्र रहेका सम्पदाहरु बुढानीलकण्ठ मन्दिर, बौद्ध स्तुपा, पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रबाट शनिबार बिहान एकैसाथ विश्व शान्तिको कामना गर्दै ‘सम्पदा साइकल यात्रा’ निकालिएको हो ।

युवाहरुसहितको सहभागितामा विश्वमा शान्तिको सन्देश दिने उद्देश्यले बुद्धको जन्मस्थल नेपालमा पनि सो साइकल यात्रा आयोजना गरिएको स्काउटका राष्ट्रिय अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए।

उनले आफूहरुले नेपाल स्काउटलाई स्थापित संस्थाको रुपमा विकास गर्न सफल भएको दावीसमेत गरे।

काठमाडौंको बसन्तपुरमा एक कार्यक्रममा बीच सो साइकल यात्राको समापन गर्दै अध्यक्ष भण्डारीले हरेक नेपालीको घर घरमा पुगेर सेवा दिने गरी यसको संयन्त्रको निर्माण गरिएको पनि बताए।

साइकल यात्रामा निस्केकाहरुले नेपालको राष्ट्रिय झण्डा र शान्तिको सन्देश विश्वमा फैल्याउने सन्देश दिने खालका टिसर्ट प्रदर्शन गरेका थिए ।

Logo