११ कात्तिक २०७८ बिहीबार

काठमाडौं उपत्यकामा आज ३११ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडाैंमा १९८ जना छन्। यस्तै ललितपुरमा ७३ र भक्तपुरमा ४० संक्रमित थपिएका हुन्।

यता नेपालमा आज ९५३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १६३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ९० हजार ६६२ जना र एन्टीजेन परीक्षणबाट ९० हजार ४४३ जना पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५९ हजार ८७५ पुगेको छ।

आज ६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ।

आज १० हजार ५७९ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४१ लाख ५३ हजार ८३३ जनाको पिसिआर र ५ लाख ५९ हजार ८५१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

समाज

प्रकाशित: ९ असोज २०७८ १७:२९ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी