‘क्विज मेनिया’को सिजन-७ प्रसारणका लागि नेपाल टेलिभिजन र एक्रेटिक मिडियाबीच सम्झौता

‘क्विज मेनिया’को सिजन-७ प्रसारणका लागि नेपाल टेलिभिजन र एक्रेटिक मिडियाबीच सम्झौता


‘क्विज मेनिया’को सिजन ७ नेपाल टेलिभिजनमा प्रसारण हुने भएको छ। नेपाल टेलिभिजन र एक्रेटिक मिडियाबीच आज प्रसारण सम्झौता भएको छ। 

नेपाल टेलिभिजनका तर्फबाट महाप्रबन्धक फुलमान वल तामाङ र एक्रेटिक मिडियाबाट सीईओ हरि पोखरेलले सम्झौता आदान प्रदान गरेका हुन्।

‘क्विज मेनिया’को सिजन ६ सम्म निजी च्यालनमा प्रसारण भएकोमा सातौं सिजन भने नेपाल टेलिभिजनमा हुन लागेको हो। सिजन ७ मा एसियाली मुलुकका १७ देशको सहभागिता रहने बताइएकाे छ। २४ भागसम्म सञ्चालन हुने कार्यक्रम बुधबार साँझ ८:५० देखि नेपाल टेलिभिजनमा प्रसारण हुनेछ।

कार्यक्रममा महाप्रबन्धक वलले ‘क्विज मेनिया’मार्फत नेपाल टेलिभिजनको औपचारिक कार्यक्रममा प्रवेश गरेकोमा नायक राजेश हमाललाई स्वागत गरे। कार्यक्रमको क्वीज मास्टर राजेश हमाल हुन्। 

एक्रेटिक मिडियाका सीईओ हरि पोखरेलले राष्ट्रिय च्यानलबाट ‘क्विज मेनिया’ प्रसारण हुन पाएकोमा खुसी व्यक्त गरे। यस्तै महाप्रबन्धक वलले कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमासमेत सघाउ पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक आरती चटौत, कार्यक्रम महाशाखा प्रमुख डा. टंक उप्रेती, ब्यापार महाशाखा प्रमुख राजकुमार थापालगायतको उपस्थिति थियो।

Logo