काठमाडौं उपत्यकामा आज ३६६ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ३६६ जना कोरोना संक्रमित थपिए


काठमाडौं उपत्यकामा आज ३६६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा २६६, भक्तपुरमा ३८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन्।  

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७० हजार २२४ पुगेको छ।

नेपालमा आज १ हजार जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २१८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ९८ हजार ४ जना र एन्टीजेन परीक्षणबाट ९२ हजार २५२ जना पुगेको छ। 

आज १० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको छ।

आज १० हजार ८७४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४२ लाख ३४ हजार ५६ जनाको पिसिआर र ५ लाख ९२ हजार ५४२ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo