कपिलवस्तुको दुर्गा मूर्ति बिसर्जनमा अप्रिय घटना हुन नदिन यस्ताे छ प्रहरीकाे रणनीति

कपिलवस्तुको दुर्गा मूर्ति बिसर्जनमा अप्रिय घटना हुन नदिन यस्ताे छ प्रहरीकाे रणनीति


कपिलवस्तुमा हरेक वर्ष दुर्गा बिर्सजनका क्रममा अप्रिय घटना हुने गरेको छ। परार सालसम्म हिंसात्मक झडप भई सर्वसाधारणको ज्यानै जाने गरेको थियो। खासगरी हिन्दु र मुस्लिम समुदायबीच यहाँ साम्प्रदायिक दंगा हुने गरेको छ।

यसपालि पनि हिन्दु धर्मावलम्बीले दुर्गा मूर्ति स्थापना गरेका छन्। बडादसैं टीकाको दिन मूर्ति बिसर्जन गरिन्छ। मूर्ति बिसर्जनका क्रममा कृष्णनगरमा सुरक्षा जोखिम हुनेगर्छ। यहाँ दुई समुदायबीच झडप हुने गरेको छ। बडादसैंको मुख्य दिन चाडपर्वको रमझममा हुने यो अप्रिय घटनालाई रोक्न जिल्ला प्रहरी कार्यालयले विशेष सतर्कता रणनीति अपनाएको छ।

कपिलवस्तु प्रहरी एसपी दानबहादुर कार्कीका अनुसार अप्रिय घटना रोक्ने यस्तो छ सुरक्षा रणनीति:

दुर्गा बिसर्जन हुँदा अधिकांश मान्छेहरुले सीमा क्षेत्रमा मदिरा सेवन गर्ने, गाडीमा, ट्याक्टरमा लोड गरिएका ठूल्ठूला डिजे म्युजिक मुटु हल्लिनेगरी चर्को आवाजमा बजाउने र त्यसकै तालमा मदिरा सेवन गरेका युवाहरु उफ्रिने, जसको कारणले ठाउँ ठाउँमा फरक धर्म संस्कृतिका मान्छेका अगाडि उफ्रेर यो समस्या हुँदो रहेछ।

त्यसकारण हामीले मुख्य कारको रुपमा रहेको डिजे म्युजिकको तालमा, नशाको सुरमा मान्छेहरु बुरुक बरुक उफ्रेर सज्जनहरु र धार्मिक अनुष्ठानको बीचमा पनि केही बदमास र उट्पट्याङ मान्छेहरु छिरेर बदमासी गर्ने हुँदा डिजे म्युजिक मुख्य कारक देखिएकाले यसलाई रोकेका छौं । स-सानो म्युजिक, भजन कीर्तन गर्न पाइन्छ। तर डिजे नै लगाएर हिन्दी गीत लाउने, कुनै जातजाति, भाषाभाषीलाई जिस्काउने खालको बजाउन नपाइने गरेका छौं। अर्को त्यो अवधिमा मदिरा सेवन गरेका मान्छेहरु नआउन भनेर २४ घण्टालाई रक्सी पसलहरु पनि बन्द गरिएको छ । दुर्गा मूर्ति बिसर्जन रातको समयमा हुँदो रहेछ।

दिउँसै सम्पन्न गर्ने मिल्ने रहेछ। अपराध गर्ने, बदमासी गर्ने मान्छेहरु रातिको समयमा उच्छृंखल गतिविधि गर्ने हुँदा त्यो कार्यक्रमलाई दिउँसो उज्यालोमै सम्पन्न गर्नेगरी मिलाएका छौं। रुट पनि फिक्स गरेका छौं। एकअर्काबीचमा कन्सन्ट्रेसन नहुने हिसाबले मिलाएका छौं। कृष्णनगरमा मात्रै रेगुगर ड्युटी बाहेकको बाहिरबाट डेढ दुई सय जना जनशक्ति स्थानीय गणहरुबाट मगाएर परिचालित गर्छौं। स-साना गल्लीहरु छन्। धेरै ठाउँमा आवतजावत हुने भएकाले जनशक्ति बढाइएको छ।

हामीले घटस्थापनादेखि नै सार्वजनिक सवारी, बदमासी गर्ने मान्छेहरु, पहिला बदमासी गरेका मान्छेहरुको अभिलेख, चोरीचकारी गर्ने मान्छेहरुको अभिलेख राखेर त्यस्ता मान्छेहरुमाथि निगरानी राख्ने, गतिविधि हेर्ने, अपराध गरेर भागेकाहरुलाई पक्रिने र सवारी साधनमा छदम भेषमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने गरेका छौं। बदमासहरु जम्मा हुने ठाउँमा हेल्प डेस्क राखेर लोकल मान्छे परिचालन गरेका छौं।

सादा पोशाकमा हाइवेमा क्रस पट्रोलिङ पनि गरिरहेको छ। लोकल ठाउँमा हरेक डिजे पसले, हरेक रक्सी पसलेको पूर्ण अभिलेख छ। बदमासी गरेका/गर्ने  सम्भावना भएका मान्छेहरु, दर्ता नभएका डिजेहरु, रक्सी पसलेहरुलाई कारवाही गरिएको छ। टोल टोलका शंकास्पद मान्छेहरु सबैको अभिलेख राखेर सादा पोशाकमा निगरानी गरिरहेका छौं।न्युज कारखाना

Logo