काठमाडौं उपत्यकामा आज ११८ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ११८ जना कोराेना संक्रमित थपिए


काठमाडौं उपत्यकामा आज ११८ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ जना संक्रमित थपिएका हुन्।

नेपालमा थप २७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ४ हजार ७१२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४० तथा २ हजार ६२० जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १३ हजार ३०८ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा थप ७७७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना संक्रमणमुक्त भइसकेका छन्।

आज थप ८ जनाले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा ११ हजार २७७ जनाको मृत्यु भइसकेको छ।

Skip This
Logo