दसैं विशेषः भगवान रामको ससुरालीमा ‘रावण वध’

दसैं विशेषः भगवान रामको ससुरालीमा ‘रावण वध’


विजयादशमीको १०औँ दिनको अवसरमा एकैसाथ लंका दहन, रावण,मेघथान र कुम्भकरणको वध गरिएको छ।

राजा जनकले मिथिला राज्यको राजधानी जनकपुरधामामा शुक्रबार त्रेतायुगको भागवान श्रीरामले धर्मपत्नी माता सीताको अपरण गर्ने रावणलाई वध गरे जस्तै एकै साथ रावण, मेघनाथ र कुम्भकरणको ५२ फिटको प्रतिमा बनाई जलाएर नष्ट गरिएको छ।

भागवान रामको ससुरालको रुपामा चिनिने जनकपुरधाममा रावण वध पछिल्लो एक दशकदेखि हुँदै आएको छ। स्थानीय महावीर युवा कमिटीले दसैँको अवसरमा रावणको प्रतिमा बनाई त्यसलाई जलाएर नष्ट गर्ने कार्यक्रमको आयोजना गर्दै आएको छ। विगतका वर्षहरुमा रावणको मात्र प्रतिमा बनाइए पनि यस वर्ष मेघनाथ, कुम्भकरण र लंकाको समेत प्रतिमा बनाइएको थियो।

रावण वध र लंका दहनमा करिब १५ देखि २० लाख रुपैयाँ खर्च भएको आयोजक कमिटीले जनाएको छ। विगतका वर्षहरुमा कुनै राजनीतिक दलका नेताहरूले रावण वध गरे पनि यस वर्ष राम मन्दिरकै महन्थ राम गिरीले गरेका छन्।

नेपाल, भारतको विहार,उत्तर प्रदेश लगायतका स्थानमा बसोवास गर्ने हिन्दुधर्माम्बलीहरूले सीताको अपहरण गरेको भन्दै रावणलाई नकारात्मकरूपमा लिए पनि दक्षिण भारतमा भने हिन्दु धर्मप्रति आस्था राख्नेहरूले नै रावणको पूजापाठ गर्ने गरेका छन्।न्युज कारखाना 

Skip This
Logo