धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला

धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला


नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिका एक युवकको घाँटी रेटेर हत्या भएको छ। सिरहा जिल्लाको मिर्चैया नगरपालिका–८ बस्ने २८ वर्षीय संजिज पण्डितको शव धनुषाको नगराईन नगरपालिका–५ स्थित गंगुलीबाट देवडिहा जाने बाटो घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिहान फेला परेको छ।

शनिबार राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भाटले जानकारी दिए। आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले घटना स्थलमा पुगि अनुसन्धान थालेको उनले बताए।

प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याएको छ। मृतक पण्डितको ससुराली धनुषाको पौडेश्वरमा रहेको छ। पौडेश्वरबाट नगराइन गएको वा आफ्नो घर सिरहाको मिर्चैयाबाट त्यहाँ एकै चोटी पुगेको अहिलेसम्म केही नखुलेको उनले बताए। 

घटनाको सम्बन्धमा पीडित परिवारजनहरूसँग जानकारी लिने काम भइरहेको र मृतकको मोबाइलसमेत बरामद भएकोले त्यसको आधारमा घटनाको अनुसन्धान अगाडि बढाइएको उनले बताए।न्युज कारखाना

Logo