३१ वर्षीया महिला ९ वर्षीय छोरासहित बेपत्ता, खोजीका लागि प्रहरीलाई अनुरोध

३१ वर्षीया महिला ९ वर्षीय छोरासहित बेपत्ता, खोजीका लागि प्रहरीलाई अनुरोध


रुपन्देहीमा ३१ वर्षीया महिला आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन्। २२ असोजदेखि बेपत्ता उनी घर र माइतीको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेको छ।

गुल्मीको मुसिकोट नगरपालिका-५ निवासी संगीता गैरे बुटवल कालिकानगरस्थित सानीआमाको घरबाट एकाएक सम्पर्कबिहीन भएको उनका श्रीमान खडानन्द गैरे (देउती) ले बताए।

“सानीआमाको घरबाट केही नभनी निस्केर हिंडेकी थिइन्, ९ दिनसम्म पनि घरमा आएकी छैनन्', उनले भने। आफन्तहरू सबैकहाँ सोधीखोजी गर्दा पनि केही पत्ता नलागेको संगीताका श्रीमान खडानन्दले बताए। 

एम्स स्कुल राजमार्ग चौराहामा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कबिहीन भएदेखि मोबाइल पनि स्वीच अफ गरेको जानकारी दिँदै उनले खोजी गरिदिन सबैसँग अनुरोध गरे।

आफू वैदेशिक रोजगारीको सिलसिलामा भियतनाममा रहेको र एक महिनाअगाडि मात्रै घरमा आएको उनले जानकारी दिए। संगीता विगत सात/आठ वर्षदेखि छोरासहित सानीआमाको घरमा बस्दै आएकी थिइन्।न्युज कारखाना

Skip This
Logo