बाढीले बगायो डाइभर्सन, महेन्द्र राजमार्ग अवरुद्ध

बाढीले बगायो डाइभर्सन, महेन्द्र राजमार्ग अवरुद्ध


अविरल वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा रूपन्देहीस्थित पूर्व–पश्चिम राजमार्ग खण्ड अवरुद्ध भएको छ । देवदहस्थित घोडाहमा बनाएको डाइभर्सन सोमबार बाढीले बगाएको हो ।

आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ । यसअघि गत ११ भदौमा परेको वर्षापछि आएको बाढीले घोडाहाको पुल भासिएको थियो । पुल भासिएपछि डाइभर्सन बनाइएको थियो ।

डाइभर्सन बगाएपछि फेरि यातायात अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले डाइभर्सन बगाएपछि बुटवलबाट पूर्व जाने सवारी साधन चल्न नसकेको बताए ।

लुम्बिनी प्रदेशका अधिकांश स्थानमा आइतबारदेखि पानी परिरहेको छ । पानी परेपछि खेतमा धानसमेत डुबानमा परेको छ ।

Logo