बैतडीको ढुंगाडका ६० जना टापुमा फसे, दुई सय बिघा जमिन डुबानमा

बैतडीको ढुंगाडका ६० जना टापुमा फसे, दुई सय बिघा जमिन डुबानमा


बैतडीको सिगास गाउँपालिका–५ मा सेती नदी गाउँमै पसेको छ। नदी गाउँमा पसेपछि एक सयभन्दा बढी घरहरू डुबानको उच्च जोखिममा पर्नुको साथै ढुंगाडका ६० व्यक्ति टापुमा फसेका छन्। बाढीले स्थानीय उद्वव महराको दुई तले घर पनि बगाएको सिगास–५ का वडाध्यक्ष रामबहादुर धामीले बताए। 

सिगास–५ मै एक सय ५० बिघा भन्दा बढी खेत नदीको डुबानमा परेको छ। पाक्नै लागेको धान, कोदो तथा बदाम खेती बगरमा परिणत भएको छ। साथै, सिगास–६ को लेकमा बाढीले ५० बिगाहाभन्दा बढी जमिन डुबान भएको छ।

वडाध्यक्ष धामीका अनुसार प्रदेश सरकारसँग उद्धारको लागि आग्रह गरिएको छ। बाढीले डोटी र बैतडी जोड्ने पुल समेत भत्काएको छ। सिगासमा बाढीले मच्चाएको बितण्डाबारे सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएपछि उद्धारका लागि हेलिकोप्टर सिगास आउन लागेको छ। 

Logo