आजकाे मौसमः महाशाखा भन्छ, ‘अझै केही दिन झरी पर्न सक्छ’

आजकाे मौसमः महाशाखा भन्छ, ‘अझै केही दिन झरी पर्न सक्छ’


नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव अझै कायम छ। जसका कारण केही दिन यता देशका विभिन्न स्थानमा वर्षा भएको छ भने बाढी पहिरोको समस्यासमेत देखिएको छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा पूर्ण बदली र बाँकी भूभागहरूमामा सामान्यदेखि पूर्ण  बदली रहेको छ।  प्रदेश १,  वाग्मती र  गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्कादेखि मध्यम बर्षा भएको छ।

महाशाखाले बुधबार दिउँसो  प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना औंल्याएको छ।

यस्तै प्रदेश १, प्रदेश नं २, बागमती  प्रदेश,  र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ। यसैगरी प्रदेश १ का थोरै र  प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

यसैगरी राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ।  

प्रदेश १ र  प्रदेश नं २ का थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १ को एक, दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

Skip This
Logo